शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कोरोना परिक्षण केमिकल नेपाल आइपुग्यो, अब नेपालमै परीक्षण हुने

दैनिक नेपाल २०७६ माघ १३ गते १४:१०

काठमाडौं, १३ माघ ।  कोरोना भाइरस परिक्षणका लागि आवश्यक केमिकल नेपाल आइपुगेकाले अब नेपालमै कोरोना भाइरसको नमुना परिक्षण हुने भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सोमबारदेखि कोरोना भाइरसको नमुना परीक्षण हुने प्रयोगशालाकी निर्देशक डा. रुना झाले जानकारी दिइन्।

चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएको थियो। चीनबाटै आएका एक नेपालीमा कोरोना भाइरस भएको पुष्टि भैसकेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र रसुवागढी नाका हुँदै नेपाल आउने यात्रुको निगरानी बढाइएको सरकारले दाबी गरेको छ।

प्रतिक्रिया
सम्बन्धित