
काठमाडौं, १३ माघ । संसदको विधायन समितिले मिडिया काउन्सिल विधेयकमा सहमति जुटाएको छ ।
समितिले विधेयकमा राखिएको दण्ड, जरिवान र सजायको व्यवस्था हटाउने विषयमा सहमति जुटेपछि परित गर्ने तयारी गरेको छ ।
सरकारले ल्याएको विधेयकमा आम सञ्चार माध्यम, पत्रकार र प्रकाशकलाई मिडिया काउन्सिलले २५ हजारदेखि १० लाख रुपैयाँसम्म् जरिवाना गर्ने सक्ने व्यवस्था थियो ।
सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकका विषयमा चौतर्फी विरोध भएको थियो ।











प्रतिक्रिया