शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नवनिर्वाचित सभामुखबारे राष्ट्रपतिलाई ध्यानाकर्षण गर्न गएका मानवअधिकारकर्मी पक्राऊ

दैनिक नेपाल २०७६ माघ १३ गते ११:५३

काठमाडौं, १३ माघ ।  नव निर्वाचित अग्नि सापकोटालाई सपथ नखुवाउन राष्ट्रपति विद्यादेवी भण्डारीको ध्यानाकर्षण गर्न गएका मानवअधिकारकर्मीहरु पक्राऊ परेका छन् ।

उनीहरु सोमबार बिहान पक्राउ परेका हुन् । सापकोटाले सोमबार सपथ ग्रहण गर्ने कार्यक्रम रहेकामा मानवअधिकारकर्मीहरु सपथ नखुवाउन राष्ट्रपतिको ध्यानाकर्षण गर्न गएका थिए ।

मानवअधिकारकर्मी चरण प्रसाईं लगायतका दर्जन बढी अधिकारकर्मीहरु पक्राउ परेका हुन् ।

उनीहरु सबैलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ । सापकोटामाथि २०६२ साल बैशाखमा काभ्रेका अर्जुन लामालाई मार्न निर्देशन दिएको आरोप छ ।

प्रतिक्रिया
सम्बन्धित