शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

होटलको कमजोरीले ८ भारतीयको मृत्यु भएको भन्दै अनुसन्धानका लागि मुख्यमन्त्रीको माग

दैनिक नेपाल २०७६ माघ १३ गते ९:१२

काठमाडौं, १३ माघ ।  गत भंगलबार नेपाल भ्रमणमा आएका ८ भारतीयको मृत्युको कारण होटलको व्यवस्थापन रहेको भन्दै केरलाका मुख्यमन्त्री पिनारायी विजयनले अनुसन्धानका लागि नेपाल सरकारलाई आग्रह गरेका छन् ।

मुख्यमन्त्री पिनारायीले मृतकमा परिवारलाई नेपाल सरकारले क्षतिपूर्ति दिनुपर्ने पनि माग गरेका छन् ।

भारतका विदेशमन्त्री एस जयशंकरलाई पत्र लेख्दै मख्यमन्त्री विजयनले नेपाल सरकारले पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र मृत्युको अनुसन्धान गर्न नेपाल सरकारलाई आग्रह गर्न भनेका हुन् ।

गत मंगलवार राति मकवानपुरको एभरेस्ट पानारोमा होटलको कोठमा ग्यास हिटरमा गुम्सिएर ८ जना भारतीयको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित