शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

२१ तोला सुनसहित एक युवक पक्राउ

दैनिक नेपाल २०७६ माघ १३ गते ८:५१

महोत्तरी, १३ माघ ।   महोत्तरीको मटिहानी नगरपालिका -८ बाट प्रहरीले २१ तोला सुनसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ बस्ने २३ वर्षीय दीपक महतो रहेका छन् ।

उनले २१ तोला सुन भारतमा तस्करी गर्न लैजाँदै गर्दा पक्राउ गरिएको सशस्त्र प्रहरी बिओपी मटिहानीले जानकारी दिएको छ । बरामद सुनको बजार मूल्य १६ लाख २४ हजार ६०६ रुपैँया रहेको छ ।

सुनसहित पक्राउ परेका युवक महतोलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जलेश्वरमा बुझाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित