शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नेकपा केन्द्रीय समिति बैठक बुधबारदेखि बस्ने

दैनिक नेपाल २०७६ माघ १३ गते ८:४०

काठमाडौं, १३ माघ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्न्द्रीय समिति बैठक यहि १५ गतेदेखि बस्ने भएको छ । तत्कालिन माओवादी र एमाले एकता भएर नेकपा बनेपछि पहिलो पटक नेकपाको केन्द्रीय बैठक बस्न लागेको हो ।

गत मंसिर २९ देखि पुस ६ सम्म बसेको पार्टी स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक २३ पुसबाट बोलाउने निर्णय गरेको थियो । तर २० पुसको सचिवालय बैठकले राष्ट्रिय सभा चुनाव, सभामुख चयन प्रक्रिया लगायतका कारण देखाउँदै बैठक माघ १५ सम्मलाई सार्ने निर्णय गरेको थियो ।

पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न असहज हुने भएपछि बैठक राजधानीको प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृहमा बस्ने भएको छ । बैठक पाँच दिनसम्म चल्ने बताइएको छ ।

बैठकको पहिलो दिन अध्यक्षद्धयका तर्फबाट राजनीतिक प्रतिवेदन र महासचिवका तर्फवाट विधान संशोधन प्रस्ताव पेश भएपछि सहभागी नेताको समूह विभाजन गर्ने नेकपाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित