बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

कंगनाले पाइन् पद्मश्री विभूषण

दैनिक नेपाल २०७६ माघ १३ गते ८:१०

मुम्बइ । भारत सरकारले ७१ औँ गणतन्त्र दिवसको अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मानित गर्ने घोषणा गरेकाे छ। जसमा ७ जनालाई पद्म विभूषण, १६ जनालाई पद्म भूषण र ११८ जनालाई पद्मश्री पुरस्कारबाट सम्मानित गरिनेछ।

पद्मश्रीबाट सम्मानित हुनेहरुको सूचिमा बलिउड अभिनेत्री कंगना रनौट, निर्माता तथा निर्देशक करण जोहर, एकता कपूर र गायक अदनान सामीको नाम पनि समावेश छ।

सरकारले पद्मश्रीबाट सम्मानित गर्ने भएपछि अभिनेत्री कंगना रनौटले यो सम्मान देशका सम्पूर्ण महिलाहरुप्रतिको सम्मान भएको प्रतिक्रिया दिएकी छन्। कंगनाले एक भिडियो सन्देश जारी गर्दै सम्मानका लागि सरकारलाई धन्यवाद दिएकी हुन्।

‘मलाई पद्मश्रीबाट सम्मानित गरेकोमा भारत सरकारप्रति आभारी छु। यो सम्मान देशका सबै महिलाहरुप्रति सम्मान हाे। म यो पुरस्कार ती महिलाहरुप्रति समर्पित गर्न चाहन्छु, जो आफ्नो सपना पूरा गर्ने हिम्मत गर्छन्। मलाई साथ दिने सबैलाई धन्यवाद, जसले मलाई यो स्थानसम्म पुर्‍याउन सहयोग गरे’, कंगनाले भिडियो सन्देशमा भनेकी छन्।

कंगनाले बलिउड चलचित्र ‘फेसन’, ‘क्वीन’ र ‘तनु वेड्स मनु रिटर्न्स’मा गरेको उत्कृष्ट अभिनयका लागि तीन पटक नेशनल अवार्ड जितिसकेकी छन्।

यतिबेला कंगानाको चलचित्र ‘पंगा’ प्रर्दशनमा छ। यसका साथै उनी जयललिताको बायोपिक ‘थलाइवी’को सुटिङमा व्यस्त छिन्। जसमा उनी जयललिताको भूमिकामा देखिने छिन्।

पद्मश्री पुरस्कारबाट सम्मानित हुने भएपछि यतिबेला कंगनालाई बधाई दिनेको ओइरो लागको छ। ‘पंगा’की निर्देशक अश्विनी अय्यर तीवारीले आफ्नो टीमको तर्फबाट बधाई दिएकी छन्।

उनले भनेकी छन्, ‘कंगनाले आफ्नो कडा मेहनत र लगनको बलबुतामा चलचित्र उद्योगमा आफूलाई स्थापित गरिन्। उनी सबै अवार्डको हकदार छिन्। उनलाई पद्मश्रीका लागि छानिएकोमा म एकदमै खुसी छु। यस पुरस्कारबाट देशका महिलाहरुलाई प्रोत्साहन मिल्नेछ, जो जीन्दगीमा आफ्नो बाटो आफै बनाउन चाहन्छन् र आफ्नो सपना साकार गर्न चाहन्छन्।’

प्रतिक्रिया
सम्बन्धित