बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

राजपालाई उपसभामुख दिने नेकपाको तयारी

दैनिक नेपाल २०७६ माघ १३ गते ७:४१

काठमाडौं, १३ माघ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच उपसभामुख पदमा राष्ट्रिय जनता पार्टी(राजपा)लाई समर्थन गर्ने सहमति भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान दुई अध्यक्षबीच भएको छलफलमा रिक्त उपसभामुख राजपालाई दिन सहमत भएका हुन्। संसद्को बैठक बस्नुअघि दुई अध्यक्षबीच उपसभामुख पदमा राजपालाई समर्थन गर्ने सहमति भएको बालुवाटार निकट स्रोतले जनाएको छ।

राष्ट्रिय सभा निर्वाचनमा नेकपाले प्रदेश २मा राजपासँग चुनावी तालमेल गरेको थियो। त्यसपछि भएको सभामुख निर्वाचनमा नेकपाबाट उम्मेदवार बनेका अग्नि सापकोटाको राजपा नेता लक्ष्मणलाल कर्ण समर्थक बसेका थिए।

९ माघमा भएको राष्ट्रिय सभाको निर्वाचनमा राजपाले नेकपालाई इमानदारीपूर्वक भोट हालेका कारण पनि उपसभामुख राजपालाई दिन नेकपाका दुई अध्यक्ष सहमत भएका हुन।

राजपालाई उपसभामुख पदमा सहयोग गर्ने विषयलाई भने नेकपाले औपचारिक रूपमा सचिवालय बैठकबाट पास गर्नुपर्ने भएकाले त्यसलाई बाहिर ल्याइएको छैन।

‘औपचारिक निर्णय नभएपनि उपसभामुख राजपालाई दिने विषयमा दुई अध्यक्ष सहमत भएका छन्’, बालुवाटारनिकट स्रोतले भन्यो। नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित