काठमाडौं, १३ माघ । मञ्चबिहीनको मञ्चको आयोजनामा भएको साहित्यिक् कार्यक्रम शब्द संसार सम्पन्न भएको छ ।
बरिष्ठ पत्रकार एवम् सम्पादक मानव बेचबिखनबिरूद्ध कलम चलाई मानव बेचबिखनबिरुद्ध अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार समेत प्राप्त गरेका टंक पन्तको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १० वटा रोचक कबिता बाचन गरिएको थियो ।
प्रमुख अतिथि टंक पन्तले बोल्दै कार्यक्रममा आएको रचनाबारे विश्लेषण गर्दै भने, ‘मानव बेचबिखन र त्यसको प्रारूपबारे आएको सबै रचना प्रशंसा योग्य छ, यस्तो अनौठो साहित्यको कार्यक्रम जसले मन्च पाउँदन उसैलाई मञ्च दिने कार्यक्रम गरेकोमा आयोजकलाई शुभकामना छ ।’
बिशेष अतिथि सुनिता दनुवारले सुनिता फाउन्डेशनलाई आयोजकले रोजेर चेलीको दुःख सुखमा रचनामार्फत सहभागी गराएकोमा आभार प्रकट गरिन् ।
उनले भनिन्, ‘मैले पनि कविता जीवनमा पहिलो पल्ट सुनाए, मज्जा लागिरहेको छ ।’ अतिथि साहित्यकार एमजे झाले कवितात्मक शुभकामना दिए ।
कार्यक्रममा लेखन कुन्जका अध्यक्ष एवम् कार्यक्रमका संरक्षक कमल ढकालले साहित्य अक्षर मात्र हैन जीवन रहेको भन्दै त्यसले समयको आवाज झल्काउने बताए ।
कार्यक्रममा आयोजक गंगा खड्काले कार्यक्रमको उद्देश्य र लक्ष्यबारे स्पष्ट पारिन् । लीलामाया ढकालको स्वागत र रेजु पोखरेलले धन्यवाद दिएकी थिइन् । कार्यक्रमको सञ्चालन शान्ता पोखरेलले गरेकी थिइन् ।
प्रत्येक अंकमा दस जना मन्च बिहीनको रचना सुनाउने र त्यसलाई परिमार्जन गरी पुस्तक निकाल्ने आयोजकले बताएको छन् ।
कार्यक्रममा स्वस्तिका दनुवार, अनिल लामा, सपना पौडेल, निरज प्याकुरेल, अुनष्का थापा, पूजा भुषाल, विमला रायमाझी, सिर्जना दनुवार, सिर्जना शर्माले मनव बेचबिखन, महिला पुरुष भेदभाव, वैदेशिक रोजगारले ल्याएको बिचल्ली गीत, गजल, कविता, मुक्तक र निबन्ध प्रस्तुत गरेका थिए ।
सुनिता फाउन्डेश गौरिघाटमा सो कार्यक्रम भएको थियो ।












प्रतिक्रिया