९ मंसिर २०८३, बुधबार

शंकास्पद वस्तु फेला, बम भएको आशंका

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, १२ माघ ।  रौतहटको चन्द्रनगाहपुर चौकनजिकै बमजस्तै शंकास्पद वस्तु फेला परेको छ । सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले बमजस्तै शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको जानकारी दिए ।

मुख्य चौकमा रहेको बजार क्षेत्रमा नै शंकास्पद वस्तु फेला परेपछि त्यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन् ।