९ मंसिर २०८३, बुधबार

हुम्लामा चिसोका कारण पाँचको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला, १२ माघ ।    हुम्लाका विभिन्न ठाउँमा चिसोका कारण पाँच जनाको मृत्यु भएको छ । मौसमी रुघाखोकीका कारण गत २७ पुसदेखि १० माघसम्म चंखेली र सर्केगाड गाउँपालिकामा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका–३ उनापानिका ५५ वर्षीय रंगमल फडेरा रहेको वडाअध्यक्ष गजबहादुर रावतले बताए ।

यसैगरी, चंखेली गाउँपालिका– ६ मेल्छामको मासिधारा गाउँका ३९ वर्षीया जुनकला शाही, ६० वर्षीया प्याउली शाही, ६५ वर्षीया गौरीकला सार्की र ७० वर्षीय जसुराम सार्कीको मृत्यु भएको चंखेली गाउँपालिका उपाध्यक्ष विमला शाहीले बताइन् ।

उपाध्यक्ष शाहीका अनुसार चिसोका कारण दम तथा अन्य दीर्घ रोग भएका बिरामी बढी संक्रमित भएक छन् । मौसमी रुघाखोकीका कारण ज्वरो आउने, बेहोस हुने जस्ता लक्षण देखिएको उपाध्यक्ष शाहीले बताइन् ।

उनापानी गाउँमा औषधि नभएको र सर्केगार्ड गाउँपालिका स्वास्थ्य शाखाबाट दिएको औषधि पनि सकिँदा झनै समस्या भएको स्थानीयले बताएका छन् ।

गाउँमा वृद्धवृद्धा र बालबालिका गरी ५०–६० जना बिरामी परेका छन् । समयमा उनीहरूको उपचार नभए यसले महामारीको रूप लिने देखिएको छ ।