९ मंसिर २०८३, बुधबार

एम्बुलेन्समा गाँजा तस्करी गरिरहेको अवस्थामा तीन पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १२ माघ ।    एम्बुलेन्समा गाँजा तस्करी गरिरहेको अवस्थामा गाँजासहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य चौकी डुमरीया रौतहटलाई दिएको बा २ झ १७४९ नम्बरको एम्बुलेन्समा गाँजा तस्करी भएको पाइएको हो।

उक्त एम्बुलेन्सबाट ३० किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा एम्बुलेन्स चालक रौतहटको डुमरीया नगरपालिका–९ का ३९ वर्षीय महमद खलिद, डुमरीया–४ का १९ वर्षीय अशोक कुमार र भातर बिहार मोतिमारी बसन्तपुरका २२ वर्षीय विनोद सहनी छन्।

उनीहरुलाई शनिबार साँझ पौन ७ बजे इलाका प्रहरी कार्यालय नेवारपानीले सोही इलाकाको पूर्व पश्चिम राजमार्गबाट पक्राउ परेका हो। प्रहरीले पक्राउ परेका व्यक्तिहरुको साथबाट ९१ हजार नेपाली रुपैयाँ र २ हजार २ सय भारु बरामद गरेको छ।