शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

खाना पकाउदै गरेकी श्रीमतीको जलाएर हत्या

दैनिक नेपाल २०७६ माघ १२ गते ९:५६

काठमाडाैं, १२ माघ ।  सिरहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका ५ मा एक श्रीमानले खाना पकाउदै गरेकी पत्नीलाई जलाएर हत्या गरेका छन् ।

औरही गाउँपालिकाकी २५ वर्षीया अनितादेवी यादवलाई उनकै श्रीमान विनोद यादवले जलाएर हत्या गरेका हुन् । अनितालाई गम्भिर अवस्थामा उपचारको लागि विराटनगरको एक अस्पतालमा लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि उपचारको लागि काठमाडौं ल्याए लगत्तै कीर्तिपुर अस्पतालले उनलाई मृत घोषणा गरेको हो । हत्या गरेको आरोपमा उनका श्रीमान विनोदलाई प्रहरीले पक्राउ गरेको छ ।

अनितालाई जलाएर मारिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी परेको प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । उजुरीपछि मोरङ प्रहरीको सहयोगमा विराटनगरबाट पति विनोदलाई नियन्त्रणमा लिएर शनिबार साँझ सिरहा ल्याइएको छ ।

पछिल्लो हप्ता साउदी अरबबाट घर फर्किएका विनोदलाई भाउजु चौरासीवतीले अनिताको चरित्रको विषयमा कुरा लगाएर आगो लगाएको हजुरबुवा सुदीलाल यादवले बताए । मृतककी एक मात्र छोरा चार वर्षीय ओमशरणलाई दरहैयास्थित मावलीमा ल्याएर राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित