मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

कमलामाईमा माईक्रोबस दुर्घटना, एक जनाको मृत्यु

दैनिक नेपाल २०७६ माघ १२ गते ९:२२

फइल तस्वीर

सिन्धुली, १२ माघ । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ मा माईक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

झापाबाट काठमाडाैं आउँदै गरेकाे बा ४ ख ६९६ नम्बरको माईक्रो बस सडकबाट तल खस्दा काठमाडाैं महानगरपालिका ११ का मोहन महर्जनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १० जनाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित