शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पश्चिम र मध्य तराईमा कुहिरो, अधिकांश स्थानमा माैसम सफा

दैनिक नेपाल २०७६ माघ १२ गते ८:४३

काठमाडाैं, १२ माघ । काठमाडाैं उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँको आकाशमा बादल तथा पश्चिम र मध्य तराईमा कुहिरो लागेको छ ।

यी ठाउँ बाहेकका क्षेत्रकाे मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो उच्च हिमाली भेगका केही ठाउँमा सामान्य हिउँ पर्ने सम्भावना रहे पनि धेरैजसो ठाउँमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईमा लागेको कुहिरो पनि दिउँसोपखबाट हटेर मौसम सफा हुने छ । आउँदाे तीन दिनसम्म मौसम बदली तथा पानी पर्ने सम्भावना नरहेको तर तराईमा बिहान कुहिरो लाग्ने हुँदा चिसो बढ्न सक्नेछ ।

काठमाडाैंकाे आइतबार बिहानको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो भने दिउँसो १४ देखी १६ डिग्री सेल्सियससम्म रहने महाशाखाले अनुमान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित