४ कार्तिक २०८३, बुधबार

अक्षयले लिए १ सय २० करोड पारिश्रमिक

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारको करिअर यतिबेला बलेको छ । उनले जे छोएपनि हिट हुने अवस्था छ । यसैले पनि अक्षयको हातमा चलचित्रको कुनै अभाव छैन । एक वर्षमा उनका ४ वटा चलचित्र रिलिज भैरहेका छन् ।

नायक अक्षय कुमारले अभिनय गरेको चलचित्र ‘गुड न्यूज’ले बक्स अफिसमा २ सय करोड कमाई गरेको छ । अक्षयलाई महंगो पारिश्रमिकमा काम गराउन बलिउडका निर्माता तयार छन् । अक्षय कुमारले एक नयाँ चलचित्र एक सय करोडभन्दा बढी पारिश्रमिकमा साइन गरेका छन् ।

उनले आनन्द एल राइले निर्देशन गर्ने नयाँ चलचित्र १ सय २० करोडमा साइन गरेका छन् । योसँगै अक्षय बलिउडमा सर्वा्धिक महंगो पारिश्रमिक लिने कलाकार समेत बनेका छन् ।

यो चलचित्रको घोषणा केही सातामा नै गरिनेछ । यो चलचित्रमा नायिका साराअली खान र नायक धनुषको जोडीलाई पर्दामा देख्न पाइनेछ ।

अक्षयको बजार अहिले हलमा मात्र होइन, डिजिटल दुनियाँमा पनि चम्किएको छ । टेलिभिजन, ओभरसिज बजारमा पनि उनको माग छ । उनलाई चर्को पारिश्रमिक दिन निर्माता तयार भएका हुन् । यो बर्षको मध्यतिरबाट यो चलचित्रको छायांकन सुरु हुने बताइएको छ ।