शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

‘ज्योमो गाङ’ फिल्म अवार्ड थाइल्यान्डमा सकियो

दैनिक नेपाल २०७६ माघ ११ गते १२:१०

काठमाडौं । नेपालको आदिबासी जनजाति चलचित्रको प्रबद्र्धनका लागि गरिएको ज्योमो गाङ फिल्म अवार्ड कार्यक्रम थाईलाण्डमा सम्पन भएको छ ।

नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरि बिश्वकै एक आकर्षक पर्यटकिय गन्तब्य रहेको मुलुक थाईलाण्डमा हुकुम मल्टिमिडिया प्रालिले कार्यक्रम गरेको थियो ।

द सिसन होटल पटैयामा सम्पन्न अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिति आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृतबहादुर सुनुवारले नेपालको मौलिकपन आदिबासी जनजाति चलचित्रमा रहेको हुदाँ देश बिदेशमा प्रबद्र्धन गर्ने यस्ता कार्यक्रमहरु हुनुपर्ने बताए ।

आदिबासी जनजाति चलचित्रले नेपालको पर्यटन प्रबद्र्धनमा बिशेष योगदान पुर्याउने उनले बताए ।

हुकुम मल्टिमिडिया प्रा।लिको अध्यक्ष डीबी बम्जनको अध्यक्षता भएको कार्यक्रममा नेपाल चलचित्र प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा, युरो एसिया ग्योबलको प्रबन्ध निर्देशक सुमन अधिकारी, आदिबासी जनजाति चलचित्र महासंघका महासचिब पुर्खाजित राई लगायतको सहभागीता थियो ।

ज्योतिराज राई, पुस्कर लामा र छुल्ठिम गुरुङ रहेको निर्णायक समितिबाट छनौट गरिएको उत्कृष्ट चलचित्र खै ओ मिथेबा, उत्कृष्ट निर्देशक चलचित्र भेडी गोठाले बाट गणेश गरुङ (सुबास), उत्कृष्ट अभिनेता चलचित्र देन्बा माया बाट अमिर दोङ, उत्कृष्ट अभिनेत्री चलचित्र छार ग्यालाम बाट सुनिता लुम्बा, उत्कृष्ट खलपात्र चलचित्र ल्हुइ ह्रो बाट ध्रुब सिंह तामाङ, उत्कृष्ट नब अभिनेता चलचित्र मोङा डोङा २ बाट यमन माझी भए ।

यस्तै, उत्कृष्ट नब अभिनेत्री चलचित्र यारीबाट ज्योती राई, सह अभिनेता चलचित्र घ्रानबाट राम घिसिङ, उत्कृष्ट सहअभिनेत्री चलचित्र ल्हुई ह्रोबाट सन्चकुमारी तामाङ, उत्कृष्ट नब निर्देशक चलचित्र मारक्युबाट दिनेश गुरुङ भए ।

यसैगरी, उत्कृष्ट सम्पादन चलचित्र निप्हुगालबाट सर्बमान शाक्य, उत्कृष्ट लेखन चलचित्र कर्मक्याबाट शंकर गुरुङ, उत्कृष्ट छाँयाङ्कन चलचित्र स्वयनगुः बाट लुःजः सिं, उत्कृष्ट द्वन्द्व निर्देशक चलचित्र बज्रबाट सुरज श्रेष्ठ, उत्कृष्ट पाश्र्व संगित चलचित्र म्ये क्युबाट शिब सुनुवार मुखिया र उत्कृष्ट बाल कलाकार चलचित्र क्युईबाट कुङगा छ्योइङ स्याङतान तामाङलाई अवार्ड प्रदान गरिएको थियो ।

बेष्ट पपुलर अभिनेता सबिन श्रेष्ठ र नव प्रतिभा पुरुस्कार रिया गुरुङलाई प्रदान गरिएको छ । चलचित्र बिकास बोर्ड र आदिबासी जनजाति चलचित्र महासंघको सहकार्य रहेको कार्यक्रमलाई मरिण गाँउपालिका सिन्धुली, राईडर सेवा प्रालिको सहयोग थियो ।

प्रतिक्रिया
सम्बन्धित