४ कार्तिक २०८३, बुधबार

नेपालमा भित्रियो कोरोना भाइरस

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । चीनको युवान क्षेत्रबाट स्वदेश फर्किएका एक युवकमा नोबेल कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले नेपाली युवकमा भाइरस पाइएको बताए। नेपालमा प्रारम्भिक जाँच गरी थप निदानका लागि उनको नमुना विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को हङकङस्थित कोलाबोरेटिङ सेन्टरमा पठाइएको थियो।

सेन्टरले बिहीबार प्रयोगशाला परीक्षणको रिपोर्ट पठाएपछि स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी संक्रमण भएको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले भने, ‘एक व्यक्तिमा जाँच गर्दा पोजेटिभ आएको छ। अहिले ती व्यक्तिमा लक्षण देखिएको छैन। उनलाई प्रत्यक्ष निगरानीमा राखिएको छ।’

अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीको प्रावधानअनुसार भाइरस संक्रमित भएको रिपोर्टसहितको विस्तृत विवरण २४ घण्टाभित्र डब्लूएचओमा सरकारले पठाउने उनले जानकारी दिए।

ती युवकलाई ३ माघमा डिस्चार्ज गरिएको थियो। व्यक्तिगत गोपनीयताका कारण उनका बारेमा अन्य विवरण सार्वजनिक गरिएको छैन। परिवारका अन्य सदस्य, सम्पर्कमा रहेका स्वास्थ्यकर्मी र साथीहरूको पनि रिपोर्ट लिइएको छ।

शुक्रराज ट्रपिकल अस्पतालमा जँचाउन आउँदा ती युवकले ज्वरो आएको र श्वासप्रश्वासमा गाह्रो भइरहेको बताएको एक चिकित्सकले जानकारी दिए। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।