काठमाडाैं, ११ माघ । नेकपाभित्र एमसीसी पारित गर्न नहुनेमा चर्काे आवाज उठाउने नेता हुन्– स्थायी समिति सदस्यत्रय भीम रावल, देव गुरुङ र लीलामणि पोखरेल। उनीहरूको तर्क छ, एमसीसीले राष्ट्रिय स्वाधीनता खतरामा पार्छ।
अमेरिकाले दिने सहयोगको लोभमा राष्ट्रिय स्वाधीनतालाई भुल्न सकिँदैन। ‘हाम्रो स्वाधीनतालाई अमेरिकाले दिने सहयोगसँग तुलना गर्न सकिँदैन। संविधानमै कुनै पनि सैन्य गतिविधिमा सहभागी नहुने स्पष्ट छ’, स्थायी समिति सदस्य रावल भन्छन्, ‘स्वाधीनता खतरामा पर्ने गरी सहयोग स्वीकार्न सकिन्नँ।’
एमसीसी इन्डोप्यासिफिक स्ट्राटेजीअन्तर्गतकै भए जुनसुकै बेला नेपालमा अमेरिकी सेना आउने विरोधमा रहेका नेताहरू बताउँछन्।
अमेरिकाका दुई मन्त्रीदेखि नेपालस्थित अमेरिकी दूतावासकै कर्मचारी कार्ल रोजर्सले एमसीसी इन्डोप्यासिफिक स्ट्राटेजीकै अंग भएको बताइरहेको प्रसंग उठाउँदै रावल र गुरुङले एमसीसी स्वीकार्न नहुने तर्क गरिरहेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया