४ कार्तिक २०८३, बुधबार

आलिया भट्टका दुई फिल्म फ्लप

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । नायिका आलिया भट्टले करिअरमा खासै अवरोधको सामाना गर्नुपरेन । ‘स्टुडेन्ट अफ दि इयर’बाट सानदार डेब्यु गरिन् ।

अहिलेकी निकै सफल अभिनेत्रीमा पर्छिन् आलिया । यो उचाइमा रहेर पनि आलियाले आफूलाई सफलता र असफलताले खासै फरक नपार्ने बताउँछिन् ।

अधिकांश हिट फिल्म गरेकी आलिया अभिनित पछिल्ला दुई फिल्म ‘शान्दार’ र ‘कलंक’ बक्स अफिसमा असफल रहेका छन् ।

उनले अपेक्षा पूरा नहुँदा त्यसले निराश बनाउने बताएकी थिइन् । दुई फ्लप फिल्मले पक्कै उनको अपेक्षा पूरा गरेन । ती फिल्मबाट पनि आफूले सिक्दै गरेको तर्क गर्छिन् आलिया ।

उनी मिहेनतका साथ आफ्नो काममा सय प्रतिशत दिनुपर्नेमा विश्वास राख्छिन् ।

फिल्मको सफलता र असफलता एकसाथ देखेको भन्दै उनले त्यसैकारण सफलता र असफलताले खासै फरक नपार्ने बताएकी हुन् । यो वर्ष आलिया ‘गंगुबाई कठियाडवाडी’, ‘आरआरआर’, ‘तख्त’, ‘ब्रम्हाश्त्र’मा अभिनय गर्दैछिन् ।