४ कार्तिक २०८३, बुधबार

‘सेल्फी किङ्ग’काे ‘जिन्दगीको के छ र भर’काे भिडियो सार्वजनिक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । नेपाली फिल्म ‘सेल्फी किङ्ग’मा समावेश ‘जिन्दगीको के छ र भर’ बोलको  भिडियो सार्वजनिक भएको छ ।

गीतले फिल्म ‘प्रसाद’को ‘सारङ्गी रोयो कहाँ रोयो’ बोलको गीतको याद दिलाउँछ । सुभाष भुषालको संगीत रहेको गीतमा सुरज गैरेको शब्द, केतन क्षत्रीको स्वर छ ।

माघ २४ गतेबाट रिलिज हुने यो फिल्ममा विशाल सापकोटाको लेखन तथा निर्देशन छ । दिनेश राउत र सुभाष थापा निर्माता रहेको चलचित्रमा प्रवल कोइराला र राजेश विसुराल सह–निर्माता छन् ।

चलचित्रमा सुशन प्रजापतिको छायांकन, निर्मल कुमार लामाको कोरियोग्राफी छ । चलचित्रमा विपिन कार्की, लक्ष्मी बर्देवा, भूवन चन्द, अभय बराल, लोकमणि सापकोटा, जीवन भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ ।