
काठमाडौं, ७ माघ । संखुवासभाबाट हतियारसहित नेत्र विक्रम चन्द विप्लव नेतृत्वमा कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाका मादी नगरपालिका ५ का सोमबहादुर तामाङ रहेका छन् ।
उनको साथबाट प्रहरीले हतियारसमेत बरामद गरेको छ । तमाङलाई स्थानीय देउमान राईको गोठबाट पक्राउ गरिएको हो।
उनको साथबाट प्रेसर कुकर बम एकथान, सकेट बम एकथान, सुतलीबम एकथान, डेटोनेटर सहित विस्फोटक पदार्थ बनाउन प्रयोग गरिने तारहरु सहित पक्राउ गरिएको हो।
त्यस्तै सेनाको डिस्पोजल टोलीले त्यहाँ रहेका विस्फोटक पदार्थहरु डिस्पोज गरेको छ।











प्रतिक्रिया