
काठमाडौं, ७ माघ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेदवारी नदिने निर्णय गरेको छ ।
कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । स्पष्ट बहुमत रहेको नेपाल कम्युनिस्ट पार्टीले सभामुखमा अग्नी सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
जसका कारण उपसभामुख पदबाट शिवमाया तुम्बाहाम्फेले सोमबारै राजीनामा गरिसकेकी छन् । कांग्रेसले उपसभामुखमा भने उम्मेदवारी दिने तयारी गरेको छ ।
१२ माघमा सभामुख र उपसभामुखका लागि निर्वाचन हुनेछ । यसअघि कांग्रेसकी मुख्य सचेतक पुष्पा भुसाललाई सभामुखमा उठाउने तयारी भएको चर्चा गरिएको थियो । एक कांग्रेस नेता भन्छन्,‘त्यो व्यर्थको हल्ला थियो । उहाँको नामको चर्चा अन्य पदका लागि खुला छ ।’











प्रतिक्रिया