९ मंसिर २०८३, बुधबार

रिहा लगत्तै अदालत परिसरबाट विप्लव नेता फेरि पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ७ माघ । प्रहरीले विप्लव नेतृत्वको नेकपाका पाँच जना नेतालाई जिल्ला अदालत परिसरबाट फेरि पक्राउ गरेको छ ।

अदालतले धरौटीमा छाड्न आदेश दिए लगत्तै प्रहरीले उनिहरुलाई अदालत परिसरबाट फेरि पक्राउ गरेको हो ।

फेरि पक्राउ पर्नेहरुमा राप्ती व्यूरो एवं न्याय विभाग समिति दाङका संयोजक रामबहादुर थापा, दाङ जिल्ला इन्चार्ज यामलाल कटुवाल, पार्टी सदस्यहरु ईन्द्रबहादुर वली, हितप्रसाद रोका र अमृत घर्ती मगररहेका छन् ।

पक्राउ परेकाहरुबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।