
काठमाडाैं, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा विराटनगरमा निर्माण भएको एकीकृत जाँच भन्सार बिन्दु (आईसीपी) आज उद्घाटन गर्ने भएका छन् ।
प्रधानमन्त्रीद्वय ओली र मोदीले माघ ७ मा संयुक्त रूपमा आईसीपीको डिजिटल (भिडियो कन्फ्रेन्स) मार्फत उद्घाटन गर्ने भएका हुन् । प्रधानमन्त्री ओली सिंहदरबारको वार रुमबाट र मोदीले दिल्लीबाटै भिडियो कन्फरेन्समा जोडिने तयारी भएको छ ।
आज बिहान १० बजे भिडियो कन्फ्रेन्समार्फत दुवै प्रधानमन्त्रीले स्वीच अनु गरेर उद्घाटन गर्दै हुनुहुन्छ । आयात तथा निर्यात पारवहन सहज बनाउन विराटनगर महानगरपालिका १८ मा निर्मित आईसीपी सञ्चालनका लागि तयार भइसकेको छ ।
आईसीपी एक सय २९ बिघा क्षेत्रफलमा फैलिएको छ । आईसीपी परिसरबाहिर ४० बिघा जमिन छ । त्यसबाट दुई लेनको सडक र पछि आवश्यकताअनुसार ६ लेनसम्मको बनाइनेछ । सीमाको दसगजालाई आधार बनाएर आईसीपी निर्माण गरिएको हो ।
नेपाल भित्रने पयर्टकीय सवारी, मालवाहक सवारी भारतीय जाँच केन्द्र हुँदै नेपाली जाँच केन्द्रमा प्रवेश गर्नेछ । यी सवारीलाई धर्मकाँटामा राखेर नापतौल गरिन्छ र पार्किङ प्लटमा सवारी व्यवस्थापन गरिन्छ ।











प्रतिक्रिया