बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

चिवतनमा वडाध्यक्षद्वारा सेवाग्राहीलाई कुटपिट

दैनिक नेपाल २०७६ माघ ७ गते ६:३८

भरतपुर, ७ माघ । चितवन जिल्लाको कालिका नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष टीका रिजालले चारकिल्ला लिन आएका सेवाग्राहीलाई हातपात गरेका छन् ।

अध्यक्ष रिजालले वडा नम्बर ३ का सेवाग्राही अन्तराम चौधरीलाई मुक्का प्रहार गरेपछि घटना बहिरा आएको हो ।

पीडित अन्नतराम चौधरीले सोमबार जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय चितवनमा वडाध्यक्ष रिजाललाई कारबाहीको माग गर्दै उजुरी दिएका छन् ।

वडाध्यक्ष रिजालले केही आफ्ना मन पर्ने व्यक्ति बाहेक अन्य सेवाग्राहीलाई विभिन्न बखेडा झिकेर दुःख दिने गरेको स्थानीयको गुनासो छ ।

स्थानीय निर्वाचनपछि गाँउगाँउमा सिंहदरबार आएको महशुस गराउनुपर्ने दायित्व जनप्रतिनिधिको भए पनि उनले अन्य राजनैतिक विचारधार बोक्नेहरूलाई हातपातका साथै अपशब्द प्रयोग गर्ने गरेको स्थानीयहरूले पटक पटक गुनासो गर्दै आएका छन् ।

पीडित चौधरीका अनुसार बैंकबाट कर्जा लिनको लागि चारकिल्ला लिन गएका उनलाई सिफारिस दिन्न, जे गरे पनि गर, भनेपछि विवाद शुरू भएको थियो ।

वडाध्यक्ष रिजालले चारकिल्लाको सिफारिस आफ्नो झोलामा राखेपछि चौधरीले पटक–पटक माग्दा नदिएपछि उनी झोला भएको स्थानमा पुग्ने बेला आफूमाथि मुक्का प्रहार भएको बताएका छन् ।

वडाध्यक्ष रिजालले यस विषयमा चौधरी नियम बमोजिम नआएकोले भनाभन भएको बताए । वडाध्यक्ष रिजालले घर दर्ताको प्रक्रिया पूरा नगरी आएको भन्दै उल्टै आफ्नो गल्ती छोप्न खोजेका छन् ।

घटनाका प्रत्यक्षदर्शी स्थानीय ८७ वर्षका रविलाल न्यूरेले वडाध्यक्ष रिजालले अपशब्द प्रयोग गर्दै चौधरीलाई मुक्का प्रहार गरेको बताए । जनप्रतिनिधि भएर सेवाग्रहीलाई सम्झाई बुझाई घर पठाउने गर्नुपर्नेमा कुटपिट गर्नु लजास्पद भएको न्यूरेले बताए ।

न्यूरेले वडा नम्बर ३ का बासिन्दाहरू अध्यक्ष रिजालसँग आजित भएको बताए ।

वडा नम्बर ३ को अध्यक्षमा निर्वाचित भएपछि रिजालले भेदभाव गर्दै केही व्यक्तिको हितमा मात्र काम गर्ने गरेको उनको भनाइ छ ।

यसअघि वडा नम्बर ३ को कार्यालयमा चोरी र आगोलागी भएको थियो । आफ्ना कर्तुतहरू लुकाउन आफै यस्तो कार्य गरेको हुनुपर्ने स्थानीयको आशंका छ ।

प्रतिक्रिया
सम्बन्धित