९ मंसिर २०८३, बुधबार

संसद बैठक दुई पटक, पहिलोमा उपसभामुखले सम्बोधन गर्ने, दोस्रोमा राजीनामा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ माघ ।  आज प्रतिनिधिसभाको बैठक दुई पटक बस्ने भएको छ । दुईवटा बैठकमा एउटमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले आफ्नो धारणा राख्ने तय भएको छ भने अर्को बैठकबाट राजीनामा दिने बुझिएको छ ।

तुम्बाहाम्फेले धाराणा आफुले धारणा राख्न पाउनुपर्ने भनेपछि दुई पटक बैठक बस्न लागेको हो । पहिलो बैठकमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफ्ना धारणा राख्ने तयारी भइरहेको छ ।

पहिलो बैठकमा उपसभामुखले अध्यक्षता गरेर आफ्ना धारणा राख्ने तयारी भइरहेको सचिवालयले स्रोतले जानकारी दिएको छ । संसदका जेष्ठ सदस्य महन्थ ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर ४ बजे संसदको दोस्रो बैठक सञ्चालन गर्नुहुनेछ।

पहिलो बैठकलगत्तै उपसभामुख तुम्बाहाङ्फेले पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गर्ने भएकी छन्। दोस्रो बैठक सुरु हुनु पहिला नै उपसभामुखबाट तुम्बाहाङ्फेले पत्रकार सम्मेलन बोलाएकी छन् ।