९ मंसिर २०८३, बुधबार

पानी जमेको खाल्डोमा डुबेर मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ६ माघ ।   पानी जमेको खाल्डो मा डुबेर मोरङको ग्रामथान गाउँपालिकामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कटहरी गाउँपालिका ७ का ४५ वर्षीय विकास सरदार छन् ।

ग्रामथान ३ स्थित कलर माझीको खेतमा रहेको खाल्टोमा जमेको पानीमा डुबेर सरदारको मृत्यु भएको हो।

आइतबारदेखि बेपत्ता सरदारको खोजी गर्ने क्रममा सोमबार बिहान उनलाई खाल्टोमा जमेको पानीभित्र मृत्य अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

चिप्लिएर हिलो खाल्डोमा परेर निस्कन नसकेको मृत्यु भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।