९ मंसिर २०८३, बुधबार

कांग्रेसले पनि सभामुखको नाम टुंगो लगाउदै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ माघ ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेले एक दुई दिनमा सभामुखको नाम दिने तयारी गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि अब कांग्रेसले पनि छिटो टुंगो लगाउने बताएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले संसद बैठक सुचारु भएपछि एक दुई दिनमै पार्टीको बैठक बसेर समामुखको उम्मेदवारी दिने जानकारी दिए ।

कांग्रेस स्रोतका अनुसार पूर्वउपसभामुख चित्रलेखा यादव र सचेतक पुष्पा भुषालको नाम चर्चामा भएपनि भुषाल नै पार्टीमा सर्वसम्मत भएको बताइएको छ ।