१३ कार्तिक २०८३, शुक्रबार

अब पटकपटक सुकुम्बासी हुने कुराको अन्त्य गरिन्छ : मन्त्री अर्याल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, ५ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पटके सकुम्बासीको अन्त्य गर्ने बताउनुभएको छ । भूउपयोग ऐन तथा प्रस्तावित भूमि सम्बन्धी ऐन कार्यान्वयन एवं सहकारी व्यवस्थापन सम्बन्धी प्रदेश तथा स्थानीय तहका पदाधिकारी सँगको मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले राज्यले एकपटक मात्र सम्बोधन गर्ने भन्दै मन्त्री अर्यालले पटकपटक सुकुम्बासी हुने कुराको अन्त्य गरिने बताउनुभयो ।

सबै सुकुम्बासी, भूमिहिन, अव्यवस्थित बसोबासको समस्या यसैपटक समाधान गरिने मन्त्री अर्यालको भनाइ थियो । भूमि व्यवस्थापन भनेको समग्र भूमिको व्यवस्थापन रहेको बताउदै उहाले भूमि सम्बन्धी समस्या समाधान गर्न सरकार लागेको बताउनुभयो ।

विगतमा १२ वटा आयोग बन्दासम्म समस्या समाधान हुन नसकेपनि अब सरकार १३औँ आयोग बनाएर काम सम्पन्न गर्ने तयारीमा रहेको बताउनुभयो । सामाजिक न्यायका निम्ति पनि यो देशका भूमिहीन, सुकुम्बासीहरुलाई भूमिको मालिक बनाउनुपर्ने भन्दै उहाँले भूमी ऐन आठौं संशोधनमार्फत भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबासको समस्या समाधान गर्न खोजेको बताउनुभयो ।

भूमि बेचबिखन गर्ने कार्यमा सहजिकरण गर्नेगरी भूमि बैंकको कन्सेप्ट ल्याइएको समेत उहाँले बताउनुभयो । अब उत्पादनको बृद्धि रोजगारीको सृष्टीमा जानुपर्ने भन्दै हरेक निकाय उत्पादनमा लाग्नुपर्ने बताउनुभयो ।

विकासको मोडेलमा छलफल गर्दै अगाडी बढ्नुपर्ने आवश्यकता औँल्याउदै उहाँले सहकारीलाई परिचालन गर्न सके चौतर्फी फाइदा हुने बताउनुभयो । संविधानले समाजवादमा जाने लक्ष्य लिएको बताउदै त्यसका लागि ढिलो भइसकेको र समाजवादलाई पछ्याउने अभियानको थालनी गर्न आग्रह गर्नुभयो ।

विगतको अभ्यासअनुसार वितरण प्रणाली मार्फत जान खोजेको भन्दै मन्त्री अर्यालले सुकुम्बासीको नाममा हुकुमबासीले राज गर्ने कार्यको अन्त्य गरिने बताउनुभयो । राज्यको हित गर्नुपर्ने काममा लाग्न स्थानीय तहका नेतृत्वलाई आग्रह गर्दै मन्त्री अर्यालले हातखुट्टा नकमाएर काम गर्न आग्रह गर्नुभयो ।