शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बलिदानी दिवसका अवसरमा प्रदेश २ मा सार्वजनिक विदा

दैनिक नेपाल २०७६ माघ ५ गते १२:३३

धनुषा, ५ माघ ।  प्रदेश नम्बर २ मा आज सार्वजनिक विदा दिइएको छ ।

मधेश आन्दोलनका सहिदहरूको सम्झनामा माघ ५ गते मनाइने बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले बिदा दिएको हो ।

२०६३ साल, २०६४ साल र २०७२ साल गरी तिन चरणको मधेश आन्दोलनमा १०३ जनाले ज्यान गुमाएका थिए ।

प्रदेश सरकारले बलिदानी दिवसका अवसरमा औपचारिक कार्यक्रमको आयोजना समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित