बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सभामुख चयनका लागि वालुवाटारमा दुई अध्यक्षबीच बैठक जारी

दैनिक नेपाल २०७६ माघ ५ गते १०:५९

काठमाडौं, ५ माघ ।  सभामुख चयनका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा छलफल आज पनि जारी रहेको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान नौ बजेबाट छलफल सुरू भएको हो ।

नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा पार्टीमा विवाद देखिएको छ । बिहान निवास खुमलटारमा नेता देवेन्द्र पौडेललाई भेट गरी प्रचण्डले पौने ९ बजे बालुवाटार पुगेको बताइएको छ ।

आज नेकपाले सभामुख चयनको विषय टुंग्यानुपर्ने दबाव रहेको छ । नेकपाले आज पनि सभामुखको विषय निष्कर्षमा नलगे भोली डाकिएको प्रतिनिधिसभाको बैठक फेरि पनि स्थागित हुनेछ ।

यसअघि पनि सभामुख चयन गर्न नसक्दा पटक पटक प्रतिनिधिसभाको बैठक स्थागित हुँदै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित