जनकपुरधाम, ५ माघ । प्रहरीले जनकपुरधामबाट चाइनिज पेस्तोलसहित दुईजना पक्राउ गरेको छ ।
दुवै जनालाई शनिबार साँझ पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
पक्राउ पर्नेमा धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका– १ रम्दैया का ४२ वर्षीय जितेन्द्र कुमार यादव र वडा नं ५ का ३० वर्षीय कुमोद नारायण झा रहेका छन् ।
दुवैलाई जनकपुरधाम उपमहानगरपालिका–१ भानु चोकबाट नियन्त्रणमा लिइएको हो ।
बा १४ च ७४५९ नम्बरको कारले ज ९ प ५८०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर भएको दुर्घटनापछि प्रहरी नायव उपरीक्षक कार्कीसहितको टोली दुर्घटना स्थलमा पुगेको थियो ।
शंका लागेर कारमा चेक गर्ने क्रममा डिक्की भित्र राखिएको ठूलो चाइनिज पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ६ राउण्ड, म्यगजिन १ थान बरामद गरेको धनुषा प्रहरीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।