९ मंसिर २०८३, बुधबार

अबुधाबीमा भएको बस दुर्घटनामा मृतक मध्ये ३ नेपाली भएको खुलासा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ ।  यूएईको आबुधाबीमा बिहीबार भएको सवारी दुर्घटना मृतक मध्ये ३ जना नेपाली रहेको खुलेको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । १४ नेपाली घाइते भएका छन् ।

एमबीएम कम्पनीमा कार्यरत उनीहरु काममा जाँदै गर्दा अल रहा भन्ने स्थानमा गुडिरहेको लरीमा ठोक्किएर बस दुर्घटना भएको थियो ।

ज्यान गुमाउनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङ रहेका छन् ।

दुर्घटनामा १४ नेपाली घाइते भएका छन् । घाइते हुनेहरूमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई छन् । त्यस्तै इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, ,नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा पनि घाइते छन् । सुजलाको नेपाल ठेगाना भने खुलेको छैन। बसमा २३ महिला सवार रहेका थिए ।