काठमाडौं, ३ माघ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शुक्रबार संसदीय दलको बैठक बोलाएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवादले नयाँ सभामुखको उम्मेदवार टुंगो लगाउन नसक्दा प्रतिनिधिसभा बैठक अनिर्णयको बन्दी बन्दै आएका बेला कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
संसदीय दलको कार्यालय सिंहदबारमा शुक्रबार दिउँसो साढे एक बजेका लागि बोलाइएको बैठकमा नयाँ सभामुख र संसद्को बैठक अनिर्णयको बन्दी बनेको विषयमा मुख्य छलफल हुनेछ ।
त्यसका साथै मुलुकभित्र उत्पन्नपछिल्लो राजनीतिक अवस्था र पार्टीले संसद्मा निर्वाह गर्ने भूमिका विषयमा पनि छलफल हुनेछ ।











प्रतिक्रिया