शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव: पाण्डेद्वारा निर्देशित ‘सहायक श्रीमान’ छनौट

दैनिक नेपाल २०७६ माघ २ गते १६:३३

काठमाडौं, २ माघ ।   तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) फागुन १ देखि ५ गते सम्म काठमाण्डौँमा हुने भएको छ । विहिबार पर्यटन बोर्डमा आयोजित घोषणा कार्यक्रममा प्रमुख अतिथि शहरी विकास राज्यमन्त्री रामविर मानन्धरको आतित्थ्यमा चलचित्र महोत्सवको औपचारिक घोषणा गरिएको हो ।

कार्यक्रममा वरिष्ठ कलाकार नीर शाह, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, सांसद तथा गायिका कोमल ओली, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा सहित फिल्मकर्मीको उपस्थिति रहेको थियो ।

नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले आयोजना गर्न लागेको महोत्सवमा ८० चलचित्र प्रर्दशन हुनेछ । प्रर्दशनीमा डकुमेन्ट्री (वृत्तचित्र) तर्फ नेपालबाट एकमात्र सहायक श्रीमान छनौटमा परेको पनि पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

निर्देशक गणेश पाण्डेद्वारा निर्देशित वृत्तचित्र नेपालको हिमाली क्षेत्रमा रहेको बहुपति प्रथामा आधारित छ । अहिले पनि नेपालका केही हिमाली जिल्लामा घरमा जति दाजुभाई भए पनि एउटै श्रीमती बिहे गर्ने प्रचलनलाई मुख्य विषयवस्तुको रुपमा उतारिएको छ ।

‘विश्वका कथाहरुको कथ्य उत्सव’ नारासहित हुन लागेको महोत्सवमा विगतमा कथानक चलचित्र मात्र प्रस्तुत गरिएकामा यो वर्ष एनिमेसन र वृत्तचित्रको विधालाई पनि समेटिएको छ ।

घोषणा कार्यक्रमका बोल्दै प्रमुख अतिथि शहरी विकास राज्यमन्त्री रामविर मानन्धरले देश विकासमा नेपाली चलचित्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । नेपाली चलचित्र क्षेत्रलाई केहि समस्या पर्दा आफु हरपल सहयोगका लागि तत्पर रहेको मन्त्री मानन्धरले बताउनुभयो ।

महोत्सवले नेपाली फिल्मको बिकाशमा टेवा पुर्याउने उदेश्य रहेको आयोजक संस्थाका अध्यक्ष केपी पाठकले बताउनुभयो । नेपाली चलचित्र क्षेत्रको विकासका लागि आफूहरु सदैव लागिरहने उहाँको भनाई रहेको थियो ।

महोत्सवमा १० अन्र्तराष्ट्रिय कथानक चलचित्र, ३५ लघु चलचित्र, ५ नेपाली कथानक चलचित्र, १५ नेपाली लघु चलचित्र, ८ वृत्तचित्र र ६ एनिमेटेर फिल्म प्रर्दशन गरिने छ ।

महोत्सवमा ५५ देशबाट प्राप्त ६ सयभन्दा बढी चलचित्रबाट छनौट गरिएका ८० चलचित्र प्रर्दशन गर्न लागिएको हो ।

प्रतिक्रिया
सम्बन्धित