सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

बीएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईविरुद्ध पक्राउ पुर्जी जारी

दैनिक नेपाल २०७६ माघ २ गते १२:५६

काठमाडाैं, २ माघ ।  बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईविरुद्ध पक्राउ गर्ने पुर्जी जारी भएको छ ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले दिएको उजुरीका आधारमा जिल्ला अदालत भक्तपुरले प्रसाईलाई पक्राउ गर्न अनुमति दिएको हो ।

गिरीले प्रसाईविरुद्ध अभद्र व्यवहारमा उजुरी दिएका थिए ।

पुस २३ मा पत्रकार सम्मेलन गरेर प्रसाईले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले आफूसँग २० करोड घुस मागेको आरोप लगाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित