सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

२२औँ राष्ट्रिय भूकप्प सुरक्षा दिवसमा प्रधानमन्त्रीद्वारा सन्देश

दैनिक नेपाल २०७६ माघ २ गते १०:५४

काठमाडौं, २ माघ ।  २२ औँ राष्ट्रिय भूकप्प सुरक्षा दिवसमा प्रधानमन्त्री केपी शर्मा ओलीले सन्देश जारी गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्ति तथा भूकम्पबाट हुन सक्ने क्षतिबाट जोगिनका लागि आवश्यक सजगता अपनाउन आह्वान गरेका छन् ।

भूकम्प सुरक्षा दिवसको अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले राज्य संरचनाका अङ्गहरूमा मात्र नभइ समाजको जीवन पद्धतिलाई नै विपद् व्यवस्थापनको तयारी र त्यससँग जुध्न सक्ने बनाउनु जरुरी रहेको बताउनु भएको छ ।

‘सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन पारित गरेको छ, २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पुगेको क्षति र त्यसपछिको पुनर्निर्माणका अनुभव तथा ज्ञानलाई आत्मसात गर्दै भूकम्पबाट उत्पन्न हुने जोखिम न्यूनीकरणको दिशामा अग्रसर छौँ’ – सन्देशमा भनिएको छ।

प्रतिक्रिया
सम्बन्धित