
काठमाडौं, २ माघ । बेलायतका लागि नेपालका पूर्वराजदूत मुरारीराज शर्माको निधन भएको छ । लण्डनमा बस्दै आएका ६८ वर्षीय शर्माको मंगलबार आफ्नै निवास हृदयघातका कारण निधन भएको हो ।
भोजपुरको दिङलामा स्थायी घर भएका शर्मा सन २००७ देखि २००९ सम्म राजदुर भएर काम गरेका थिए । उनका दुई छोरा अमेरिकामा चिकित्सक छन् । २२ फेब्रुअरी, २००८ मा उनले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका थिए ।
उनले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर न्युयोर्कमा समेत काम गरे ।
पूर्व परराष्ट्र सचिव शर्माले अर्थ, गृह र सामान्य प्रशासन मन्त्रालयमा पनि काम गरेका थिए । सन् १९७७ मा निजामती सेवा प्रवेश गरेका शर्मा सन् १९९२ देखि परराष्ट्र मन्त्रालयमा थिए ।











प्रतिक्रिया