९ मंसिर २०८३, बुधबार

पूर्वसांसद यादवविरुद्व भ्रष्टाचार आरोपमा मुद्वा दायर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ ।  राष्ट्रिय जनता पार्टी राजपाका केन्दीय सदस्य तथा पूर्वसांसद विश्वनाथ यादवविरुद्व भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्वा दायर गरेको छ ।

फर्जी उपभोक्ता समिति बनाएर सरकारी रकम हिनामिना गरेको आरोपमा पूर्वसांसद विश्वनाथप्रसाद यादव विरुद्ध मुद्दा दायर भएको छ। यादवले फर्जी उपभोक्ता समिति बनाएर २५ लाख हिनामिना गरेको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ ।

सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ र ३ मा पर्ने सडक ग्राभेल गर्न किर्ते व्यक्ति खडा गरी उपभोक्ता समिति गठन गरेको अख्तियारको अनुसन्धानले देखाएको छ। मुद्वा दयार गरिएकामा पूर्वसांसद यादवसहित पूर्वाधार विकास कार्यालय सिरहाका तत्कालीन कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइत, तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण मण्डल भनिने हरि मण्डलसहित ६ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

उनीहरूविरुद्ध २५ लाख बिगोसहित यादवलगायत ६ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। मिलेमतो गर्ने सोही कार्यालयका नासु भागवत यादव, राजपा नेता वीरेन्द्रकुमार मण्डल र कृष्णकुमार यादवलाई पनि प्रतिवादी बनाइएको छ।