४ कार्तिक २०८३, बुधबार

ओस्करको मनोनयनमा ‘जोकर’ अगाडि

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लस एन्जलस । ओस्कर एकेडेमी अवार्डको मनोनयन सार्वजनिक भएको छ । सन् २०१९ मा बनेका फिल्मका लागि दिइने ९२औं संस्करणका लागि मनोनयन सार्वजनिक भएको हो ।

अभिनेता तथा निर्माता जोन चो र अभिनेता तथा लेखक इसा रेले अवार्ड कार्यक्रमको होस्‍ट गर्दै छन् ।

यो वर्ष क्विनटिन टोरन्टिनोको फिल्म ‘वान्स अपन अ टाइम इन हलिउड’ र टोड फिलिप्सको ‘जोकर’ रेसमा सबैभन्दा अगाडि छन्। यसका सथै जोकविन फोनिक्स र ब्राड पिट यो वर्ष ओस्कर जित्ने दाबेदार मानिएका छन् ।

भारतबाट ओस्‍करका लागि मनोनयनमा परेको जोया अख्‍तरको फिल्म ‘गल्ली ब्वाइ’ पहिले नै रेसबाट बाहिरिएको छ। यो फिल्मलाई उत्कृष्ट विदेशी भाषाको फिल्मको विधामा पठाइएको थियो ।

सेफबाट फिल्‍ममेकर बनेका विकास खन्‍नाले ‘द लास्‍ट कलर’बाट फिल्‍मी डेब्‍यु गरेका थिए। नीना गुप्‍ता स्‍टारर यो फिल्‍म बेस्‍ट फिचर फिल्‍मको विधामा ओस्‍करमा पठाइएको थियो। अकेडेमी अवार्डको फाइनल १० फेब्रुअरीमा हुनेछ ।