सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

चितवनमा एसपी गंगा पन्तको विकल्प खोज्दै हेडक्वार्टर

दैनिक नेपाल २०७६ माघ १ गते ११:३७

काठमाडौं, १ माघ । केही समयदेखि प्रहरी उपरिक्षक (एसपी) विहीन रहेको चितवन जिल्ला डिएसपीको कमान्डमा छ । एसपी दानबहादुर मल्लले सरुवाको दुई सातासम्म जिल्ला छाडेनन् ।

प्रहरी मुख्यालयको ठाडो आदेशमा ३ नम्बर प्रदेश प्रहरी कार्यालयले पत्र लेखेपछि मल्ल डिएसपीलाई चार्ज बुझाएर सरुवा भएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा हाजिर भए । प्रहरी मुख्यालयले चितवनमा एसपी गंगा पन्तको सरुवा गरेको थियो ।

एउटा फेसबुक स्ट्याटसमा पन्तले नेकपा अध्यक्ष प्रचण्डलाई हानि हुनेगरी कमेन्ट गरेको चर्चा भएपछि सरुवा भएको ठाउँमा गएकी छैनन् । हेडक्वार्टरले उनलाई रवाना दिएको छैन ।

‘प्रहरी संगठनभित्र कतिपय अवस्थामा नैतिक कुराले पनि अर्थ राख्छ । सत्तारुढ पार्टीका अध्यक्षबारे लेखिएको फेसबुक स्ट्याटसमा कमेन्ट गरेको चर्चाबीच विवादमा पार्नका लागि उहाँलाई नखटाइएको हो’, प्रहरी उच्च स्रोतले भन्यो,‘विवादमा नआउने र चितवनको राम्रो कमान्ड गर्न सक्ने एसपीलाई चाँडै नै पठाउने तयारी गरिएको छ ।’

प्रतिक्रिया
सम्बन्धित