सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

सरकारका राम्रा कामका समाचार कसैले लेख्यो भने गाली खाइहाल्छ : प्रधानमन्त्री

दैनिक नेपाल २०७६ माघ १ गते ११:२५

काठमाडौं, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा कामका समाचार कसैले लेखे गाली खानुपर्ने अवस्था रहेको बताएका छन् । उनले सरकारले गरेका कामका विषयमा सकारात्मक समाचार लेख्ने मन र मुटु भएका सम्पादक नै नभएको पनि बताए ।

सरकारी निवास बालुवाटारमा चेम्बर अफ कमर्सका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले भने,‘सडक मानव मुक्त गराएको, सडकमा सुत्ने बालबालिका हटाएको समाचार बन्दैन ? हेर्दा यी साना कुरा लाग्छन् तर सामाजिक रुपमा यसले अर्थ लाग्छ ।’

गरेका कामको समाचार छाप्ने, प्रशारण गर्ने मिडिया नभएको बताउँदै उनले भने,‘कसैले लेखिहाल्यो भने पनि राम्रा कामका बारेमा लेख्ने ? सकारात्मक कुरा गर्न थालिस् ? बिग्रन्छस् भन्छन् ।’

जहाजको कुरा गर्दा, रेलको कुरा गर्दा ठट्टाका रुपमाले लिने गरिएको भए पनि अहिले काम भइरहेको बताएका उनले भने,‘मैले जहाजका कुरा गरे, पूर्व पश्चिम रेलका कुरा गरे, उत्तर दक्षीण रेलका कुरा गरे अहिले त्यसको कामहरु लगभग सकिएर निर्माण भइरहेको छ । पहिले हामीलाई रोडको समस्या थियो ।’

कोलकत्ता मात्रै होइन् विसखापट्टनम, मुम्बइ, पूर्व—पश्चिम सबै ठाउँबाट रोड रहेको उल्लेख गरेका उनले चीनसँग पनि सरकारले विभिन्न सम्झौता गरेको स्मरण गरे । उनले भने, ‘हाम्रो समाज छाउपडी र छाउगोठवाला समाज हो । हामी कहाँ छौँ भन्दा छाउपडीवालाहरुको दुनियाँमा छौँ । यसबाट बाहिर आउनुपर्छ, यसमा पनि सरकारले ध्यान दिएको छ ।’

प्रतिक्रिया
सम्बन्धित