शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

एसएसपीबाट डीआईजी बढुवा प्रक्रिया शुरू

दैनिक नेपाल २०७६ माघ १ गते ७:१८

काठमाडौं, १ माघ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले नायव महानिरीक्षक (डीआईजी) को पदपूर्ति प्रक्रिया अघि बढाएको छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एवं बढुवा समितिका सदस्य सचिव रामशरण पौडेलद्वारा जारी सूचनामा सम्भाव्य उम्मेद्वारले सात दिनभित्र बढुवा प्रयोजनमा आवश्यक पर्ने कागजात पेश गर्न भनिएको छ ।

सशस्त्र प्रहरी बलमा अहिले पाँच डीआईजी पद रिक्त छ । बढुवाका लागि वरिष्ठता र कार्यक्षमताका आधारमा एसएसपीहरू हरिशंकर बुढाथोकी, कृष्णभक्त ब्रम्हाचार्य, राजेन्द्र बस्नेत, हरिशचन्द्र अधिकारी, किशोर प्रधान, बंशी दाहालगायत अगाडि छन् ।

प्रतिक्रिया
सम्बन्धित