शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

रेफर सेन्टर बन्दै सरकारी अस्पताल

दैनिक नेपाल २०७६ माघ १ गते ६:५७

काठमाडौं, १ माघ । काठमाडौं महानगरपालिका–३ मा खुलेका सरकारी–सामुदायिक अस्पताल रेफर सेन्टर बनेका छन्। यो वडामा सरकारी, सामुदायिक र निजी गरी दुई दर्जनभन्दा बढी अस्पताल सञ्चालित छन्।

यो वडामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, सहिद गंगालाल हृदय रोग केन्द्र, कान्ति बाल अस्पताललगायत सरकारी अस्पताल छन्।

बिरामीको भीड हुने यी अस्पतालनजिकै सामुदायिक र निजी अस्पतालको पनि बाढी छ। सामुदायिक अस्पतालका रूपमा महेन्द्रनारायण निधि अस्पताल, बीपी स्मृति अस्पताल र सहारा सामुदायिक अस्पताल छन्।

त्यस्तै, निजीतर्फ ग्रिनसिटी अस्पताल, कान्तिपुर डेन्टल अस्पताल, बीपी स्मृति हस्पिटल, वेलनेश अस्पताल, इसान बाल तथा महिला अस्पताल, चिरायू हस्पिटल, मेट्रो हस्पिटल, अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल खुलेका छन्।

करिब ५५ हजार जनसंख्या रहेको यो वडामा सबै अस्पतालको शड्ढया २५ सयभन्दा बढी छ। निजी अस्पतालमा विशेषज्ञ चिकित्सक र लगानीकर्ताका रूपमा सरकारी चिकित्सक संलग्न छन्।

वडामा अर्बौं लगानीका १९ वटा ठूला अस्पताल सञ्चालनमा रहेको काठमाडौं महानगर–३ का वडाध्यक्ष दीपक केसीले जानकारी दिए। करोडौं लगानी गरी अस्पताल सञ्चालन भइरहेको जानकारी दिँदै वडाध्यक्ष केसीले भने, ‘सरकारी अस्पताल हुँदाहुँदै निजी क्षेत्रबाट पनि करोडौं लगानी भइरहेको छ। उपचारका लागि अन्यत्र जानु पर्दैन।’ अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित