शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

कृषि विकास बैँक शाखाका तत्कालीन प्रवन्धक ढुंगेलसहित ८ जनामाथि अख्तियारद्वारा मुद्वा दायर

दैनिक नेपाल २०७६ पुष २९ गते १७:२५

काठमाडौं, २९ पुस ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैँक न्युरोड शाखाका तत्कालीन प्रवन्धक प्रेमहरी ढुंगेलसहित ८ जनामाथि रकम दुरुपयोगको आरोपमा विशेष अदालतका मुद्वा दायर गरेको छ ।

मुद्वा दायर गरिएकामा कृषि विकास बैँक न्यूरोड शाखाकी टेलर सहायक दीपिका रेग्मी, तत्कालीन शाखा प्रबन्धक प्रेमहरी ढुंगेल, ऋण शाखा प्रमुख गोपाल गिरी, तत्कालीन ऋण अधिकृत अवकाश प्राप्त सलिल रेग्मी, ऋण शाखा प्रमुख महेश्वर मरहट्ठा, तारानाथ पाण्डे, अवकास प्राप्त सहायक रथी रमेशराज बिष्ट र दुर्गा ज्वेलर्सका संचालक प्रकाश घतानी रहेका छन् ।

उनिहरुले मिलेमतोमा बैकको रु ४ करोड ४२ लाख ७३ हजार ६ सय ११ रुपैँया ४५ पैसा हिनामिना गरेको पुष्टि भएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित