बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

पहिले उपसभामुख पदबाट राजीनामा दिनुहोस्, सभामुख बन्ने बाटो खुला छ : प्रवक्ता श्रेष्ठ

दैनिक नेपाल २०७६ पुष २९ गते १६:४२

काठमाडौँ, २९ पुस ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि सभामुख बन्ने बाटो खुला रहेको बताएका छन् ।

उपसभामुख तुम्बाहाम्फे शसक्त उम्मेदवार भएकाले पहिले उपसभामुख पदबाट राजीनामा दिनुपर्ने श्रेष्ठले बताउनुभयो । प्रेस संगठन लमजुङले मंगलबार मदनआश्रित स्मृति भवन बेंसीसहरमा आयोजित पत्रकार भेटघाटमा प्रवक्ता श्रेष्ठले भने, ‘सभामुख बन्न पनि पहिले उपसभामुखबाट राजिनामा दिनुपर्ने बताउनुभयो ।

उपसभामुखले पदबाट राजीनामा नदिँदा नेकपाको सभामुख पद नै खतरामा परेको उहाँको भनाई रहेको छ । पार्टीबाट तुम्बाहाम्फे पनि शसक्त उम्मेदवार भएकाले पार्टीले छलफलबाट उहाँको मागको सम्बोधन गर्ने श्रेष्ठले बताउनुभयो ।

सभामुख उहाँ नै बन्ने हो भने पनि पार्टीले पाउनुपर्ने बाटो त पहिले तयार हुनुपर्‍यो नि । मार्ग प्रशस्त हुनुपर्‍यो नि । यति कुरा त सबैले बुझ्नुपर्छ,’ उनले भने, ‘उहाँ नै सभामुख हुनुहोला । उपसभामुखले राजिनामा दिएपछि मात्रै हाम्रो पार्टीले सभामुख पाउने बाटो खुल्छ । त्यो बाटो खुलिसकेपछि हाम्रो पार्टीकोतर्फबाट उहाँ पनि सशक्त दाबेदार हो भन्ने थाहै छ । यसमा पार्टीले आवश्यक छलफल गरेर उपयुक्त निर्णय लिन्छ ।’ सभामुख आफ्नो सबैभन्दा ठूलो पार्टीले नपाउने स्थिति सिर्जना गर्नु पार्टीको हित चाहने र लोकतान्त्रिक मर्यादा स्वीकार्य गर्ने कसैको लागि पनि उपयुक्त हुँदैन’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित