बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीविरुद्ध अख्तियार र सम्पत्ति शुद्धिकरणमा उजुरी

दैनिक नेपाल २०७६ पुष २९ गते १४:३९

काठमाडौं, २९ पुस । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागमा उजुरी परेको छ ।

झापाको विर्तामोडमा रहेको बी एन्ड सी कलेजलाई सम्बन्धन दिनका लागि २० करोड घुस माग गरेको भन्दै दुर्गा प्रसाईले अख्तियार र सम्पत्ति शुद्धिकरणमा उजुरी दिएको बताए ।

प्रसाईले केही दिन अघि पत्रकार सम्मेलन गरी घुस मागेको आरोप लगाएपछि गिरीले त्यसको खण्डन गरेका थिए । तर, यो विषय किनारा लगाउनका लागि अदालतसम्म जाने प्रसाईले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित