शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पुरानो संसद भवन भत्काउन विकास समितिको निर्देशन

दैनिक नेपाल २०७६ पुष २९ गते १४:२६

काठमाडौं, २९ पुस । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले पुरानो संसद भत्काएर नयाँ बनाउन निर्देशन दिएको छ ।

शहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायतका प्रतिनिधिसँगको छलफलपछि मंगलबार समितिले यस्तो निर्देशन दिएको हो ।

भूकम्पका कारण क्षतिग्रस्त भवन भत्काउने कि नभत्काउने भनी प्राधिकरण, मन्त्रालय र पूरातत्व विभागबीच विवाद भएका कारण उक्त भवन यत्तिकै थियो ।

शहरी विकास मन्त्रालयका सचिव मधुसुधन अधिकारीले सिंहरदरबारभित्र रहेको पुरानो संसद भवन भत्काएर स्टेट गेस्ट हाउस बनाउने विज्ञको राय रहेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित