शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

बंगलादेशका राष्ट्रपति र प्रधानसेनापति थापाबीच भेट

दैनिक नेपाल २०७६ पुष २९ गते १३:२३

काठमाडौं, २९ पुस ।  बंगलादेशको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले बङलादेशका राष्ट्रपति मोहम्द हमिदसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

थापाले सोमबार राष्ट्रपतिनिवास बङ्गभवनमा भेटवार्ता गरेका हुन्। थापा नेपाली राजदूतावासले आयोजना गरेको औपचारिक कार्यक्रममा समेत सहभागी भए।

उनले बंगलादेशको आम फोर्स डिभिजनमा भ्रमण गर्नुका साथै विभिन्न सैनिक उच्चपदस्थ व्यक्तित्वहरुसँग भेटघाट गरेका थिए ।

बंगलादेश सेनाका सेना प्रमुखको औपचारिक निमन्त्रणामा प्रधानसेनापति थापा आइतबार ४ दिने औपचारिक भ्रमणका लागि बंगलादेश प्रस्थान गरेका थिए।

औपचारिक भ्रमण समाप्त गरी उनी माघ १ गते काठमाडौं फर्कने कार्यक्रम छ।

प्रतिक्रिया
सम्बन्धित